राजनितिक अस्थिरता र अशान्त मानव-सभ्यता
कारण:
अन्यायपुर्ण(बिभेदपुर्ण) सामाजिक विश्व-व्यवस्था
निवारणको उपाय :
"विभिन्न दलहरुमा विभक्त भएका जनताहरुको मनोवैज्ञानिक एकिकरण गर्दै सामाजिक न्याय र समूचित नागरिक स्वतन्त्रतालाई सुनिश्चित गर्ने दार्शनिक आधार सहितको संवैधानिक संयन्त्र र संस्कारको विकास गर्नु।"
लोकतन्त्रका हिमायतीहरु बहुलवादलाई निकै सुन्दर राजनितिक दर्शनको रुपमा लिँदछन् । यस दर्शनले सदा प्रकृतिका हरेक शृजनाहरुको स्वतन्त्र हुने अस्तित्वलाई संरक्षण गर्दछ ।अहिले विश्व-भरका लोकतन्त्रहरुको दर्शनिक जग पनि यहि हो ।त्यसैले लोकतन्त्र सदा हरेक नागरिकको स्वतन्त्र र मर्यादित क्रियाकलापलाई प्रोसाहित गर्दछ ।त्यस्ता क्रियाकलापमा नागरिकका स्वतन्त्र राजनितिक,आर्थिक,साँस्कृतिक र वैचारिक क्रियाकलापहरु पर्दछन् ।तर अहिलेसम्मको बहुलवादी अभ्यासले के देखाउँदछ भने सुरुमा आशा गरे जस्तो नभएर यस्ता स्वतन्त्र राजनितिक,आर्थिक र साँस्कृतिक क्रियाकलापलाई प्रोत्सायीत् गर्ने राजनितिक दलहरु आफ्नो न्यायपुर्ण समाज निर्माण गर्ने लक्ष्यमा पुग्ने सहासको कमिले निराश बनेर रास्ट्रिय तथा अन्तरराष्ट्रिय राजनिति समक्ष आत्मसमर्पण गर्दछन् र परिणाम स्वरुप राष्ट्रका केहि सिमित जनता जस्मा अधिकाँश दलाल र नोकरशाहहरुले मात्र त्यसको लाभ उठाउँदछन् । त्यसैले बहुलवादी अभ्यास न्यायपुर्ण समाज निर्माण गर्ने दलहरुको प्रयत्नमा नैराश्यता ल्याउने मुख्य कारक बन्न पुगेको तितो यथार्थ हामि माझ स्पष्ट रुपमा छ। र सामाजिक न्याय नपाउदा उत्पन्न भएका सामाजिक द्धन्दका परिघटनाहरु त झनै टट्कारो रुपमा हामि माझ विध्यमान छन्।
शान्ति र न्यायपुर्ण समाज निर्माण गर्ने आकांक्षा राख्ने बुद्धिजिवीहरु र दलहरुको प्रयत्नमा उत्साह थप्ने अर्को समाजशास्त्रिय सुन्दर दर्शन हो - एकत्ववाद तर विगतका शताव्दिमा यसको अभ्यासकर्ताहरुले यसलाई सहि ढंगबाट अभ्यासमा नल्याउदा यसलाइ निरंकुश राजनितिक दर्शन वा अभ्यासको रुपमा पनि हेरियो र त्यसको मुख्य कारण थियो दलहरुमा सहमतिय संस्कारको कमि ।त्यसो त समाजका सबै वर्गको प्रतिनिधित्व गर्न नसक्दा-नसक्दै पनि बहुलवादी अभ्यासले यसरी समाजमा जरा गाडेर बसेको छ कि यसलाइ एकत्ववादी दर्शनले प्रतिस्थापन गर्नु निकै कठिन काम हो तर असंभव भने छैन । एकत्ववादी दर्शन प्रकृतिका हरेक परिघटनाहरु पछाडीको अन्तिम यथार्थ एउटै हुन्छ भन्नेमा विश्वास राख्दछ ।
जब समाजमा अन्याय र बिभेद रह्न्छ तब यो प्राकृतिक न्यायको सिद्धान्त हो कि त्यँहा बिद्रोह सुरु हुन्छ वा अन्य रुपको सामाजिक द्धन्दको उदय हुन्छ र त्यसले स्वत: समाजलाई अशान्त बनाउँदछ । त्यसैले "दिगो शान्ति " स्थापनाका लागि अबको आबश्यकता भनेको विभिन्न दलहरुमा विभक्त भएका जनताहरुको मनोवैज्ञानिक एकिकरण गर्दै सामाजिक न्याय र समूचित नागरिक स्वतन्त्रतालाई सुनिश्चित गर्ने दार्शनिक आधार सहितको संवैधानिक संयन्त्र र संस्कारको विकास गर्नु नै हो । त्यसैले :
- जन-मनोविज्ञानलाई एकिकरण गर्न जनतालाई सचेत बनाउदै जाने ;
- समान विचार वा सिद्धान्त भएका दलहरु विचआपसि संवाद मार्फत एकिकरण प्रकृया अगाडि बढाउने;
- असमान विचार वा सिद्धान्त भएका दलहरु विच आपसमा संघर्ष रहे पनि संवाद झनै तिव्र बनाउने;
- शान्ति स्थापना गर्ने पवित्र उद्धेश्यले समाजका हरेक तह तप्काका जनता सँगको अन्तर्क्रियालाई तिव्र बनाउने;
- जन-मनोविज्ञानलाई एकिकरण गर्दै लैजाने मोडल सहितको नयाँ संबिधान बनाउने
- दलहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतलाई आफ्नो दिगो शान्ति स्थापना गरने नियात प्रति विश्वस्त बनाउने वातावरण बनाउदै जाने ।
- साथै दिगो शान्ति स्थापनाका लागि गरिने सबै क्रियाकलापलाई तिब्रता दिने ।
समुचित स्वतन्त्रता सहितको न्यायपुर्ण (विभेदविहिन) शान्त मानव-सभ्यता प्राप्त गर्नु ।
This comment has been removed by a blog administrator.
ReplyDeleteलेख राम्रो लाग्यो । यसलाई निरन्तरता दिनु होला है।
ReplyDelete