Sunday, October 3, 2010

Mind and Matter (चेतना र पदार्थ)

हामिले कहिले काहि पाउदछौ, मानिसहरु Matter(पदार्थ) प्रधान की Mind(चेतना ) प्रधान भन्दै बढो घनिभुत भइ तर्क बितर्कमा लागिरहेका हुन्छन् । यो विषय भैतिकवादी र अध्यात्मवादीहरुको प्रधान अन्तर्बिरोधको विषय पनि मानिन्छ । यस विषयको वहसमा सामान्य मानिसहरु मात्र नभई आफुलाई चेतनशिल भन्नेहरुको पनि बाक्लो उपस्थिति भेटिन्छ तर उनिहरु कैहिल्यै आँखा चिम्लेर हेर्दैनन कि वास्तवमा प्रधान के छ ? जब कोही आखा चिम्म गर्दछ र आफ्नो शरिरमा एक चक्कर लाउदछ तब उस्ले शरिरको कुनै न कुनै भागमा कुनै न कुनै प्रकारको शारि‍रिक समवेदनाहरु (Bodily Sensations) भेट्दछ। अरे महोदय ! ति के हुन ,कहिल‍्यै सोच्नु भएको छ वास्तवमा ति के हुन् ? वास्तवमा ति शारि‍रिक समवेदनाहरु अरु केही नभएर These all are Mind-Matter Phenomena. शारि‍रिक समवेदनाहरुको उत्पतिमा पदार्थ र चेतनाको बरोवर हात हुन्छ अथवा भनौं पदार्थ र चेतनाको मजबुत तादम्यता रहन्छ। जव हामि साधना (Meditation)को गहिराईमा पग्दछौ यि यस्ता कुराहरु अझ स्प्रष्ट रुपमा देख्न सक्दछौ तर हामि यसै पनि बुझ्न सक्छौ कि जिवसँग चेतना छ र त उस्को अनवरत विकाश सम्भव छ अनि भरपुर नशालु पदार्थ सेवन गर्ने अनि पुर्ण होसमा रहने यो पनि त सम्भव छैन ।

Thursday, September 9, 2010

सरल भाषामा !!

विपश्यना के हो ?
  • विपश्यनाको अर्थ बुझौँ ;यस्को अर्थ राम्रोसँग नबुझिकन सही अर्थमा विपश्यी हुन सकिदैन । त्यसैले पहिले विपश्यना सम्बन्धि केहि भ्रमहरु चिर्न जरुरी छ ;
  • विपश्यना कुनै सम्मोहिनी विद्या होइन, जसबाट हामि अरुद्वारा सम्मोहित भई आफ्नो सुद्धि-बुद्धि हराउँछौँ ।
  • विपश्यना कुनै मन्त्र विधा होइन, जसले हामिलाई साँप-विच्छि वा भुत-प्रेतलाई झै मन्त्रले दवाई राख्दछ ।
  • विपश्यना कुनै अन्ध-भक्ति वा अन्ध-भावावेश होइन, जसको भाव-उन्मादमा हामिलाई उन्मुक्त बनाई राख्दछ।
  • विपश्यना कुनै भजन, किर्तन,संगीत वा नृत्य होइन, जसमा भाव -विभोर भई हामी आत्म -विस्मृत बनी रहौँ ।
  • विपश्यना कुनै ऋद्धि वा चमत्कार होइन, जसको अलौकिकतामा चमत्कृत भई हामी आश्चर्य चकित बनी रहौँ ।
  • विपश्यना शब्द रुपि इन्द्रजालको कुनै माया होइन, जसमा कसैको वाणीविलासवाट हामी वुद्धिविलास गर्दै रहौँ ।
  • विपश्यना कुनै दार्शनिक तर्क -वितर्क होइन, जसको मद्दतले हामी दिमागी कसरत गरी रहनमा आफुले आफुलाई तल्लिन राख्न सकौँ।
  • विपश्यना कुनै विशिष्ट भेष-भुषा होइन, जुन लगाएर हाम‍ी आफुलाई धर्मवान बनेको गर्व गर्न सकौँ ।
  • विपश्यना कुनै रुढिवाद वा कर्मकाण्ड होइन, जसलाई पुरा गरी हामी धर्मको नाममा आत्म-वञ्चना गर्दै रहौँ ।
  • विपश्यना कुनै ग्रन्थ-पाठ होइन, जसको पाठ गरी हामी वैतरणी पार गर्ने स्वप्नमा लिन हुन सकौँ ।
  • विपश्यना कुनै अनन्य भक्ति होइन, जसवाट कुनै दृष्य-अदृष्य व्यक्ति प्रति शरणागत भई हामी निश्चिन्त हुन सकौँ,अकर्मण्य बन्न सकौँ ।

त्यसो भए विपश्यना के हो त ?
विपश्यना सत्यको उपासना हो ; सत्यमा जिउने अभ्यास हो। यो स्वनिरिक्षणद्धारा चित्तशुद्धि गर्ने प्राचिन साधना पद्धती हो जुन पहिले लोप भईसकेको थियो तर फेरि आज भन्दा लगभग २५०० बर्ष अगाडि गौतम बुद्धले कडा अनुसन्धान पश्यात् सर्वसुलभ गराउनु भएको हो । यस साधनामा आफ्नो स्वाभाविक(नैसर्गिक) श्वासको निरिक्षणबाट आरम्भ गरेर आफ्नो शरिर र चित्तवृत्तिमा प्रतिक्षण हुने परिवर्तनशिल घतनाहरुलाई तटस्थभावले निरिक्षण गर्दै चित्तशोधन र सदगुण बृद्धिको अभ्यास गरिन्छ। विपश्यना विविध विकारबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । दैनिक जीवनको समस्या र तनाव ग्रस्त चित्तलाई अन्तर्मनको गहिराइसम्म पुगेर ग्रन्थिमुक्त गर्ने एक सक्रिय अभ्यास हो। यो शिल समाधिमा स्थित भई सम्यक अन्तर्प्रज्ञा जागृत गर्ने पवित्र अभ्यास हो। विपश्यनाको उद्धेश्य जीवनवाट हारेका ,थाकेका मानिसहरुलाई आश्रमवासि बनाएर वेकम्मा बनाउनु होइन बरु जीवन-अभिमुख भई जीउन सिकाउने कला हो । And, It is the conversion of Suffer-Producing State of Mind to Peaceful and Harmonious state of Mind.

सहयोगी श्रोत सामग्रिहरु :
१.निर्मल धारा धर्म की ,सत्यनारायण गोयन्का
२.विपश्यना साधना, अनुशासन-संहिता
३.प्राकृतिक चिकित्सा विज्ञान ,डा.माया गिरी
४.अन्य अडियो तथा भडियोहरु।


Mind-Matter Phenomena (Body Sensations):


# If you see "Changing,Changing & Changing" or "Anicca" or "Impermanence" of it ;
>>>than you are strengthening your "Panna".

# If you are "Stoping,Stoping and Stoping Reactions " on it ;
>>>than you are strengthening your "Equinimity of mind".

# If you are "Blowing peace and harmony" outside from you ;
>>>than you are accumulating "Harmony inside youself".

Tuesday, July 13, 2010

Event's Mind Cycle

जब Human mind ले घटना घटेको थाहा पाउँदछ तब Human Mind मा घटनाले आफ्नो प्रभावको चारखण्डको यात्रा पुरा गर्दै एक चक्कर(One Mind Cycle)लगाउँदछ ।
१.विज्ञान:- मात्र घटनाको प्रकृति जान्नु
२.संज्ञा:- पुरानो स्मृति/स्मरण मार्फत घटनाको नाम दिनु
३.वेदना:- पुरानो स्मृतिले गर्दा Body Sensation उत्पन्न हुनु
४.संस्कार:- सुखद/दुखद मान्दै उत्पन्न वेदनालाई भोग्नु र नयाँ कर्म संस्कारको निर्माण गर्नु

..To Be Continued.

Sunday, July 11, 2010

लक्ष्य: समुचित स्वतन्त्रता सहितको न्यायपूर्ण शान्त मानव-सभ्यता प्राप्त गर्नु

यथार्थ / तथ्य :
राजनितिक अस्थिरता अशान्त मानव-सभ्यता
कारण:
अन्यायपुर्ण(बिभेदपुर्ण) सामाजिक विश्व-व्यवस्था
निवारणको उपाय :
"विभिन्न दलहरुमा विभक्त भएका जनताहरुको मनोवैज्ञानिक एकिकरण गर्दै सामाजिक न्याय समूचित नागरिक स्वतन्त्रतालाई सुनिश्चित गर्ने दार्शनिक आधार सहितको संवैधानिक संयन्त्र संस्कारको विकास गर्नु।"

लोकतन्त्रका हिमायतीहरु बहुलवादलाई निकै सुन्दर राजनितिक दर्शनको रुपमा लिँदछन् यस दर्शनले सदा प्रकृतिका हरेक शृजनाहरुको स्वतन्त्र हुने अस्तित्वलाई संरक्षण गर्दछ ।अहिले विश्व-भरका लोकतन्त्रहरुको दर्शनिक जग पनि यहि हो ।त्यसैले लोकतन्त्र सदा हरेक नागरिकको स्वतन्त्र मर्यादित क्रियाकलापलाई प्रोसाहित गर्दछ ।त्यस्ता क्रियाकलापमा नागरिकका स्वतन्त्र राजनितिक,आर्थिक,साँस्कृतिक वैचारिक क्रियाकलापहरु पर्दछन् ।तर अहिलेसम्मको बहुलवादी अभ्यासले के देखाउँदछ भने सुरुमा आशा गरे जस्तो नभएर यस्ता स्वतन्त्र राजनितिक,आर्थिक साँस्कृतिक क्रियाकलापलाई प्रोत्सायीत् गर्ने राजनितिक दलहरु आफ्नो न्यायपुर्ण समाज निर्माण गर्ने लक्ष्यमा पुग्ने सहासको कमिले निराश बनेर रास्ट्रिय तथा अन्तरराष्ट्रिय राजनिति समक्ष आत्मसमर्पण गर्दछन् परिणाम स्वरुप राष्ट्रका केहि सिमित जनता जस्मा अधिकाँश दलाल नोकरशाहहरुले मात्र त्यसको लाभ उठाउँदछन् त्यसैले बहुलवादी अभ्यास न्यायपुर्ण समाज निर्माण गर्ने दलहरुको प्रयत्नमा नैराश्यता ल्याउने मुख्य कारक बन्न पुगेको तितो यथार्थ हामि माझ स्पष्ट रुपमा छ। सामाजिक न्याय नपाउदा उत्पन्न भएका सामाजिक द्धन्दका परिघटनाहरु झनै टट्कारो रुपमा हामि माझ विध्यमान छन्।

शान्ति न्यायपुर्ण समाज निर्माण गर्ने आकांक्षा राख्ने बुद्धिजिवीहरु दलहरुको प्रयत्नमा उत्साह थप्ने अर्को समाजशास्त्रिय सुन्दर दर्शन हो - एकत्ववाद तर विगतका शताव्दिमा यसको अभ्यासकर्ताहरुले यसलाई सहि ढंगबाट अभ्यासमा नल्याउदा यसलाइ निरंकुश राजनितिक दर्शन वा अभ्यासको रुपमा पनि हेरियो त्यसको मुख्य कारण थियो दलहरुमा सहमतिय संस्कारको कमि ।त्यसो समाजका सबै वर्गको प्रतिनिधित्व गर्न नसक्दा‍-नसक्दै पनि बहुलवादी अभ्यासले यसरी समाजमा जरा गाडेर बसेको कि यसलाइ एकत्ववादी दर्शनले प्रतिस्थापन गर्नु निकै कठिन काम हो तर असंभव भने छैन एकत्ववादी दर्शन प्रकृतिका हरेक परिघटनाहरु पछाडीको अन्तिम यथार्थ एउटै हुन्छ भन्नेमा विश्वास राख्दछ

जब समाजमा अन्याय बिभेद रह्न्छ तब यो प्राकृतिक न्यायको सिद्धान्त हो कि त्यँहा बिद्रोह सुरु हुन्छ वा अन्य रुपको सामाजिक द्धन्दको उदय हुन्छ त्यसले स्वत: समाजलाई अशान्त बनाउँदछ त्यसैले "दिगो शान्ति " स्थापनाका लागि अबको आबश्यकता भनेको विभिन्न दलहरुमा विभक्त भएका जनताहरुको मनोवैज्ञानिक एकिकरण गर्दै सामाजिक न्याय समूचित नागरिक स्वतन्त्रतालाई सुनिश्चित गर्ने दार्शनिक आधार सहितको संवैधानिक संयन्त्र संस्कारको विकास गर्नु नै हो त्यसैले :
  • जन-मनोविज्ञानलाई एकिकरण गर्न जनतालाई सचेत बनाउदै जाने ;
  • समान विचार वा सिद्धान्त भएका दलहरु विचआपसि संवाद मार्फत एकिकरण प्रकृया अगाडि बढाउने;
  • असमान विचार वा सिद्धान्त भएका दलहरु विच आपसमा संघर्ष रहे पनि संवाद झनै तिव्र बनाउने;
  • शान्ति स्थापना गर्ने पवित्रउद्धेश्यले समाजका हरेक तह तप्काका जनता सँगको अन्तर्क्रियालाई तिव्र बनाउने;
  • जन-मनोविज्ञानलाई एकिकरण गर्दै लैजाने मोडल सहितको नयाँ संबिधान बनाउने
  • दलहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतलाई आफ्नो दिगो शान्ति स्थापना गरने नियात प्रति विश्वस्त बनाउने वातावरण बनाउदै जाने
  • साथै दिगो शान्ति स्थापनाका लागि गरिने सबै क्रियाकलापलाई तिब्रता दिने
लक्ष्य:
समुचित स्वतन्त्रता सहितको न्यायपुर्ण (विभेदविहिन) शान्त मानव-सभ्यता प्राप्त गर्नु